एमसीसीका कारण पार्टी कार्यालयहरु तोडफोड,सदरमुकाममा कर्फ्यु

एमसीसीका कारण पार्टी कार्यालयहरु तोडफोड,सदरमुकाममा कर्फ्यु

सुर्खेतको सदरमुकाम तथा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज साँझदेखि भोलि साँझसम्मलाई कर्फ्यु लगाइएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदले पारित गरेको विरोधमा बिहानैदेखि उत्तेजक भीडले तोडफोड र आगजनी गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

बिहानैदेखि धनजनको क्षति गर्ने प्रयास भएको र प्रहरीमाथि ढुंगामुढा गरेपछि आज साँझ साढे ७ बजे बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुर्खेत सदरमुकाममा २४ घण्टे कर्फ्यु आदेश जारी गरेको हो ।प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा वीरेन्द्रनगरको पूर्वमा धुलियाविट,पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ र दक्षिणमा लाटिकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार,देउती बज्यै एवम् सुब्बाकुनासम्म कर्फ्यु लगाइएको छ ।

टिप्पणीहरू