आज महाशिवरात्रि, भगवान शिवको पूजा आराधना गरी मनाईंदै

आज महाशिवरात्रि, भगवान शिवको पूजा आराधना गरी मनाईंदै

आज फागुनकृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि पर्व । हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आरधना गरी मनाईंदै छ । शिवको प्रिय दिनको रुपमा मानिने शिवरात्रिमा देशभरका सबैजसो शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ ।

हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिव मन्दिरमा गएर श्रद्धा भक्तिपूर्वक पूजा आरधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामका चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णन गरिएको छ ।आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजन कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने प्रचलन छ । महाशिवरात्रिका दिन आज पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुर्इंचो लागेको छ ।

विगतका वर्षमा महाशिवरात्रिका दिन लाखौं भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए । तर कोरोना महामारीको जोखिमका कारण गत वर्षदेखि पशुपति लगायतका मन्दिरमा दर्शनार्थीको भीड कम हुने गरेको छ ।आजै नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस मनाउने परम्परा छ । सो अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । समारोहमा राष्ट्रपति पनि जानुहुने छ ।

टिप्पणीहरू