एउटै गाउँपालिकाका झण्डै ३ सय कृषक पुरस्कृत

एउटै गाउँपालिकाका झण्डै ३ सय कृषक पुरस्कृत

पाँचथरको मिक्लाजुङ गाउँपालिकाका दुई सय ७२ जना किसानलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ । पालिकाले आफ्नो एघारौं गाउँसभाको अवसरमा उनीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा ४० मुरीभन्दा धेरै धान फलाउने ८१ जना, २२ फिट लम्बाइ र ४ फिट उचाइ भएको थाङग्राभरी मकै फलाउने १ सय ६४ जना र ३५ मनभन्दा धेरै आलु फलाउने २७ जना किसानलाई सामूहिक रुपमा सम्मानसहित पुरस्कृत गरिएको हो ।

धान फलाउने किसानले ५० हजार रुपैयाँ, मकै फलाउनेले ३० हजार रुपैयाँ र आलु फलाउनेलाई प्रतिकिलो १५ रुपैयाँका दरले पुरस्कार पाएका छन् ।गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ देखि उत्कृष्ट किसान पुरस्कृत गर्ने नीति अवलम्बन गरेको थियो ।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मौसम, गाउँपालिका अध्यक्ष अमरराज माखिमसहितको उपस्थितिमा किसानलाई पुरस्कृत गरिएको हो । अघिल्लो वर्ष गाउँपालिकाले उत्कृष्ट किसानलाई प्रोत्साहन गर्नेगरी पुरस्कारको घोषणा गरेपछि स्थानीयले पालिकाको कामको प्रशंसा गरेका थिए ।

गाउँपालिकाले लक्षित क्षेत्रमा यस्ता खालका थप प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरेको गाउँपालिकाकाले जानकारी गराएको छ ।

टिप्पणीहरू