माओवादी र समाजवादीका नेताहरुको सिंहदरबारमा सरगर्मी

माओवादी र समाजवादीका नेताहरुको सिंहदरबारमा सरगर्मी

आज शनिबार पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु सिंहदरबार पुगेका छन् । मुलकको आन्तरिक राजनीतिमा विकसित पछिल्ला घटनाक्रमबारे छलफल र निर्णय गर्न उनीहरु जुटेको बताइन्छ ।

केहीबेर अघि त्यहाँ पुगेका नेताहरुमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल र माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।

छलफल अध्यक्ष दाहालको संसदीय दलको कार्यालयमा जारी छ ।

टिप्पणीहरू