आज पनि कोरोनाबाट एक जना बिते, २ सय ७५ संक्रमित

आज पनि कोरोनाबाट एक जना बिते, २ सय ७५ संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकभर थप दुई सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार छ सय २८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा पाँच सय ५५ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ । मुलुकभर अझै नौ हजार दुई सय ८० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ४४ जना छन् । ललितपुरका सात तथा भक्तपुरका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार ८ सय ४३ रहेको छ । भक्तपुरमा एक सय ८५ र ललितपुरमा एक हजार एक सय ४५ जना सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू