आज ३ सय बढी संक्रमित, १ जना बिते

आज ३ सय बढी संक्रमित, १ जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर तीन सय १८ जना कोरोना संक्रमित भेटिएका छन् । सात हजार सात सय ४३ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा पाँच सय ६२ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ । मुलुकभर अझै नौ हजार छ सय ७८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ५८ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ५१ जना छन् । ललितपुरमा सात जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा संक्रमित भेटिएका छैनन् ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या दुई हजार १२ पुगेको छ । भक्तपुरमा दुई सय १५ र ललितपुरमा एक हजार एक सय ७३ जना सक्रिय संक्रमित छन् ।

आज एक जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३२ जना युवायुवती छन् भने आठ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका पाँच जना र २० जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू