सिन्ह्वाको क्यामरामा नेवार समुदायको गुफा

सिन्ह्वाको क्यामरामा नेवार समुदायको गुफा

नेपालमा नेवार समुदायले मनाइरहेको गुफा परम्पराबारे चिनियाँ समाचार संस्था सिन्ह्वाले आज फोटोसहित समाचार प्रेषित गरेको छ ।नेवार समुदायका बालिकाहरूलाई सूर्यबाट रक्षाको आशीर्वाद पाउन गुफा राख्ने चलन छ । उक्त परम्परामा विशेषगरी सूर्यको पूजा गरिने भएकाले यसलाई सूर्य दर्शन पनि भनिन्छ ।सिन्ह्वाले प्रकाशित गरेका तस्बिरमा बालिकाहरुले गुफा पूजा गरिरहेको देख्न सकिन्छ ।

टिप्पणीहरू