पल शाहको ‘करणी प्रकरण’ कसरी पुग्यो तनहुँ ?

पल शाहको ‘करणी प्रकरण’ कसरी पुग्यो तनहुँ ?

गायिकाले आफूलाई अभिनेता पल शाहले जबर्जस्ती गरेको उजुरी हिजो दिउँसो तनहुँ जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेपछि उक्त विषयले बजार गर्माएको छ । भर्खर १७ वर्षकी किशोरीले वयस्क शाहमाथि गम्भीर बात लगाएपछि सिने क्षेत्र सबैभन्दा धेरै तातेको छ ।

म्युजिक भिडियो छायांकनको क्रममा आफूलाई शाहले पटक पटक बलात्कार गरेको हाकाहाकी बताउँदै किशोरीले प्रहरी प्रशासन गुहारेकी हुन् । उनको हिजै अपरान्ह तनहुँको जिल्ला अस्पतालमा बलात्कारसम्बन्धी स्वास्थ्य परीक्षण समेत गरिएको छ ।

घटना हिजो छताछुल्ल भए पनि झण्डै एक महिनादेखि शाह र किशोरीबीच लफडाको गाईंगुईं चलेको थियो । किशोरी एक महिनाअघि कास्की जिल्ला प्रहरी कार्यालय,पोखरामा शाहले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै कानुुनी उपचारको निम्ति पुगेकी थिइन् ।

कास्की प्रहरी स्रोतका अनुसार एक महिनाअघि किशोरीले ठम ठम प्रहरी कार्यालयमा आएर ढुक्कसँग आफ्ना कुरा राखेकी थिइन् । उक्त क्षणको बारेमा बताउँदै स्रोत भन्छ, ‘ती नानीले निकै ढुक्कसँग आफूलाई पल शाहले मञ्जुरी विना पटक पटक सेक्स गर्यो,अब के गर्न सकिन्छ सर ?’ भनेर सोधेकी थिइन् ।

घटनाक्रमको बेलिबिस्तार लगाउँदै किशोरीले, ‘मलाई त्यसले विभिन्न स्थानमा पटक पटक सेक्स गर्यो । पछिल्लो पटक तनहुँमा गरेको हो । मैले यसो नगरुँ भन्दा पनि उसले मानेन । मेरो अस्मितामाथि खेलबाड गर्यो । अब के गर्न सकिन्छ हजुर ? यस्तो गर्नेलाई कुन हदसम्मको कारबाहीको व्यवस्था छ सर ?’ भनेर सोधेकी थिइन् ।

उनी शुरुमा एक्लै त्यहाँ पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालयको टिमसँग उनले निर्धक्कसँग आफूलाई बलात्कार गरिएको बताउँदै भेटेकी थिइन् । उनको सबै कुरो सुनेपछि प्रहरीले पनि कानुनी व्यवस्थाबारे आवश्यक जानकारी गराएर त्यहाँबाट फिर्ता पठाएको थियो ।

त्यतिबेला पोखरामा प्रहरीले बलात्कार भएका घटनास्थलको बारेमा समन्वय गर्ने हो भने त्यो पनि गर्न सकिन्छ भनेर आश्वस्त तुल्याएको थियो । त्यहि क्रममा कास्की प्रहरीले आफ्ना कर्मचारीको साथ लगाएर तनहुँ प्रहरीसँग समन्वय गरी त्यहाँ पठाएको तर उनी निवेदन दर्ता नगरी फर्किएको र हिजो अकस्मात जिल्ला प्रहरी कार्यालय,दमौलीमा उजुरी लिएर गएको बताइन्छ । किशोरी आफ्ना पिताको साथमा कास्की प्रहरी पुगेकी थिइन् ।

उनको जिकीर शाहले आफूलाई पटक पटक बलात्कार गर्यो भन्नेमा केन्द्रित रहेको बताइन्छ । एक वर्षदेखि भएको शारिरिक सम्बन्ध अहिले आएर बिस्फोट हुनुको कारण प्रहरीले पनि पहिल्याइसकेको छैन । प्रहरी स्रोत भन्छ, ‘ठ्याक्कै यसै हो भनेर अनुमान लगाउन सकिएको छैन । के कुराले यो कुरो बाहिर आयो हामीले अनुसन्धान थालेका छौं ।’

यता प्रहरीले उनीहरुबीच भएको वार्तालापको ‘अडियो कन्भरसेसन्स’ पनि फेला पारेको छ । कुराकानीबाट पल चुकेको प्रहरी स्रोतको दाबी छ । किशोरीले प्रहरीसँग शाहले आफूलाई जबर्जस्ती गरेको घर, कोठा, मिति, समय र पटक सबै बताउनुले पनि पल डुब्ने निश्चित देखिएको हो ।

टिप्पणीहरू