पलले बिहे गर्न नमान्दा हामी दोषी भयौं: गायक थापा

पलले बिहे गर्न नमान्दा हामी दोषी भयौं: गायक थापा

गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुध्द तनहुँ प्रहरीमा दिएको जबरजस्ती करणीसम्बन्धी उजुरीले अहिले चलचित्र क्षेत्रमा हंगामा मच्चिएको छ । कोही समीक्षाको पक्षमा उभिएका छन् त पल निर्दोष रहेको दाबी गर्ने नायिकाहरु पनि देखिएका छन् ।

१७ बर्षकी गायिका तथा मोडल अधिकारीले हिजो जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुध्द दिएको उजुरीपछि विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् । नायक शाहविरुध्द हिजै पक्राउ पुर्जी जारी भएपनि हालसम्म उनी समातिएका छैनन् । प्रहरीले शाह फरार रहेको बताएको छ ।

उता,नायक पल शाहले भने आफूलाई नियोजित ढंगले फसाउन खोजिएको बताएका छन् । उनले गायक दुर्गेश थापासहित चार जनाले आफूलाई फसाएको बताएका हुन् । समीक्षा र आफूबीच भएको कुराकानीको अडियोसमेत सार्वजनिक गर्दै साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली,भाइ कृष्ण जोशी र सम्राट चौलागाई मिलेर आफ्नो छवि बिगार्न खोजेको फेसबुकमार्फत बताएका हुन् ।

“पहिले विवाद हुँदा विवाह गर्ने भनेर कुरा मिलाइएको थियो । एक बर्ष जति उनीहरु मिलेर पनि बसे तर, विवाह गर्ने समय नजिकिँदा पलले नमानेका कारण समीक्षाले उजुरी दिएको थापाले ठोकुवा गरेका छन् ।”

एक कुराकानीमा समीक्षाले ‘पलले एक करोड दिएर कुरा मिलाइदिन सरोज ओलीलाई भनेको उल्लेख गरेकी छन् ।’ उक्त अडियोमा पोखरामा बियर खाएका बेला ओलीले समीक्षालाई ५० लाख दिने र आफूले ५० लाख राख्ने गरी कुरा मिलाइदिन्छु भनेको प्रष्टसँग सुन्न सकिन्छ ।

जवाफमा पलले आफूसँग १ करोड माग्न दुर्गेशले लगाएको बताएका छन् । अडियो सार्वजनिक गर्दै आफू दोषी नरहेको बताएका नायक पलले घरबेटी र म्यानेजरसँग मिलेर समीक्षालाई मार्न खोजिएको भन्ने कुरा गलत रहेको बताएका हुन् । उनले आफू दोषी भए जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

पलको आरोपमा दुर्गेशले भने ‘गल्ती आफू गर्ने, दोष अरुलाई लगाउने ? ’

पलले सामाजिक सञ्जाल फेसबुकमा दुर्गेश थापाले आफूलाई फसाएको बताएपछि घटनामा नयाँ मोड आएको छ । गायक दुर्गेशले समीक्षालाई उचालेर आफूलाई फसाउने षडयन्त्र रचेको पलले बताएका छन् । आज जनआस्थासँगको कुराकानीमा थापाले “पल आफैले १ करोड दिएर घटना मिलाउन लगाएको तर,अहिले आफूहरुलाई नै दोषी देखाउन खोजिएको”बताए ।

पहिले विवाद हुँदा विवाह गर्ने भनेर कुरा मिलाइएको थियो । एक बर्ष जति उनीहरु मिलेर पनि बसे तर, विवाह गर्ने समय नजिकिँदा पलले विवाह गर्न नमानेका कारण समीक्षाले उजुरी दिएको थापाले ठोकुवा गरेका छन् ।
अहिले पल शाह र समीक्षा अधिकारी दुवैको फोन स्विच अफ छ ।

टिप्पणीहरू