डिआर हाङ्सरुम्बालाइ उत्कृष्ट मातृभाषा गायन अवार्ड

डिआर हाङ्सरुम्बालाइ उत्कृष्ट मातृभाषा गायन अवार्ड

लिम्बू भाषाका गायक डिआर हाङ्सरुम्बाले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट मातृभाषा गायन अवार्ड प्राप्त गरेका छन् ।

फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । जसमा यस बर्ष लिम्बू म्युजिक भिडियो ‘हुक्फोलो’का लागि हाङ्सरुम्बाले उत्कृष्ट मातृभाषा गायन अवार्ड हात परेका हुन् । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रम मार्फत अवार्ड वितरण गरिएको हो । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा निर्देशक दिपाश्री निरौलालाई एफ. एल. एफ. विशेष सम्मान गरिएको थियो भने यासेलि योङहाङ र विनोद सेरेङलाई जुरी सम्मान गरिएको कार्यक्रम प्रमुख दिनेश लिङ्देनले बताए ।

पाँचथरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हालुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । उक्त भिडियो बाट निर्देशक केरुङ्ले समेत सर्वोकृष्ट निर्देशक अवार्ड प्राप्त गरेको छ ।

याक्थुङ फिल्म्सद्वारा निर्माण भएको गीतमा शब्द सागर केरुङ, संगीत प्रेम पन्धाक, स्वर डिआर हाङ्सरुम्बा, छायांकन सञ्जय आचार्य, ड्रोन अप्रेटर फुङ्सो जबेगु र शृङ्गार अमृता जबेगुको रहेको छ ।

मधुराज केरुङ, सुक्मिता केरुङ,बुद्धराज लिम्बू इङ्वा, सुबास नुनाम केरुङ, निशाम तुम्बापो, युन्छोमी सेर्मा, रामचन्द्र नेम्बाङ, नोगेन हाङ्सरुम्बा,भक्त खबास, रुकमान केरुङ, बर्षा खबास,दिपेस पयाङ्गु लिम्बू, राजकुमार नेम्बाङ, याम भुजेल, कमल खवास, रमेश खवास, सुनिता जबेगु, अमृता जबेगु, सुरेन्द्र केरुङ लगायतले अभिनय रहेको गीत याक्थुङ फिल्मस युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।

टिप्पणीहरू