ग्रामीण भेगका किसानको पीडा

ग्रामीण भेगका किसानको पीडा

ग्रामीण भेगका पशुपालक किसानहरुले वस्तुभाउलाई खुवाइने घाँसका लागि आफ्नो ज्यान जोखिममा राख्दै आएका छन् । विशेषगरी रुख चढेर काट्नुपर्ने डाले घाँस तथा बाँसको निम्ति किसानहरुले सास्ती खेप्नुपरेको हो । समय समय घाँस काट्ने क्रममा ज्यान गुमाएको तथा घाइते भएका समाचारहरु पनि सञ्चारमाध्यममा आउने गरेका छन् ।

प्युठानका पशुपालक किसानहरुले हिउँदे घाँसका लागि बाँस काटेर वस्तुभाउलाई खुवाउने गरेका छन् । प्युठानका सबै भेगमा बाँस पाइन्छ । विशेषगरी गौमुखी गाउँपालिकाको खुङमा बढी पाइन्छ ।

हिउँदमा पोषिलो घाँसको रुपमा लिइने बाँसको पात वस्तुभाउलाई खुवाउन प्युठानका किसानले ज्यान जोखिममा राखेर काट्ने गरेको एक तस्बिरमा देखिएको छ । बरुण उँभोदेशले खिचेको उक्त तस्बिरमा बाँसको हरियो पातको निम्ति एक महिला पुरुषको काँधमा टेकेर उभिएको देखिन्छ । पुरुषले ती महिलालाई जोगाएर काँधमा बोकेको अवस्था छ ।

टिप्पणीहरू