पल शाहविरुद्ध बलात्कारको उजुरी दर्ता

पल शाहविरुद्ध बलात्कारको उजुरी दर्ता

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा उजुरी दिएकी हुन् ।

समीक्षाले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिन खोजेकी थिइन् । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

म्युजिक भिडियो सुटिङ गर्ने क्रममा अभिनेता शाहले फकाएर जबर्जस्ती करणी गरेको उनको आरोप छ । समीक्षा १८ वर्ष नपुगेको हुनाले सहमतिमै शारीरिक सम्बन्ध राखिएको भए पनि यसलाई जबजस्ती करणी मानिने प्रहरीको भनाइ छ ।

टिप्पणीहरू