आज ४ सय बढी संक्रमित, ३ जना बिते

आज ४ सय बढी संक्रमित, ३ जना बिते

गत २४ घण्टामा मुलुकभर चार सय ७६ जना कोरोना संक्रमित भेटिएका छन् । नौ हजार चार सय २४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा आठ सय ३१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ । मुलुकभर अझै १० हजार सात सय ४७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै एक सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा एक सय एक जना छन् । भक्तपुरमा १५ र ललितपुरमा १० जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ३९ पुगेको छ । भक्तपुरमा तीन सय ६७ र ललितपुरमा एक हजार दुई सय २३ जना सक्रिय संक्रमित छन् ।

आज तीन जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ६० जना युवायुवती छन् भने १५ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका १७ जना र ३० जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू