नेपाल आऊ, यता नो टेन्सन

जन आस्था
१० फाल्गुन २०७६, शनिबार १३:२८
[post-views]

सरकारले राष्ट्रिय ध्वजावाहक जहाज पठाएर चीनको उहानबाट नेपाली विद्यार्थीको उद्धार ग¥यो भन्ने नाममा ‘अब सरकारको हाई–हाई गरौँ’ भन्नेहरु निक्कै चम्किँदैछन् । तर, बिहान विद्यार्थी ल्याएकै देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले दिउँसो के ग¥यो ? सुन्दै अचम्मलाग्दो छ ।

कोरोना भाइरस (कोभिड– ११) बाट बचाउनका निम्ति आइतबार बिहान साढे ३ बजे उहानबाट आएको जहाजमा एक सय ७५ नेपाली सवार थिए । जसलाई छोपछाप पारेर तुरुन्तै खरिपाटीको एकान्त शिविरमा लगियो । तर, आइतबारकै दिउँसो १ बजेर २६ मीनेट जाँदा सिए ४३७ को उडान चीनको छेङ्दुबाट काठमाडौंमा अवतरण हुँदा जनताको स्वास्थ्यप्रति सरकार कति धेरै खेलबाड गरिरहेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ । उक्त जहाजका यात्रुमध्ये ८० प्रतिशत सीट नेपालीले भरिएको थियो । त्यसरी आएका कुनै पनि यात्रुको काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरिएन । जबकि ती सबैलाई छेङ्दु विमानस्थलको प्रवेशद्वार, बोर्डिङपास लिने टिकट काउण्टर, सुरक्षा जाँच गर्ने ठाउँ र उडानपूर्व यात्रुहरु एयरक्राफ्टमा उक्लिनुअघि गरी सबैको चार–चारपटक स्वास्थ्य परीक्षण गरियो । अचम्म के भने जहाजका बीस प्रतिशत चिनियाँसहित सबै यात्रुले दुई तहको मास्क लगाएका थिए । उनीहरुलाई लागेको थियो– काठमाडौंमा फेरि स्वास्थ्य जाँच होला । तर, आउनेहरु आए, सर्लक्क ओर्लिएर निस्किए । न कसैले सोध्यो, न कसैले खोज्यो । बरु, उनीहरु ट्याक्सी पार्किङसम्म पुग्दा पनि स्वास्थ्य परीक्षणका लागि यताबाट बोलाउलान् कि उताबाट बोलाउलान् भन्दै दायाँ–दायाँ पल्याकपुलुक हेरेर हिँडिरहेका थिए । तर, कसैलाई केही भनिएन, जाँच त झनै गरिएन ।

चिनियाँहरु यति दंग परे कि, खुशीको सीमा नै थिएन । एक महिनादेखि नयाँ वर्षको चाड स्प्रिङ फेस्टिभल पनि नमनाई घर–घरमै बन्दीझैँ बसेका थिए । बाहिर निस्किएर विच्याटमार्फत घरपरिवार र साथीभाइलाई खबर पठाउन थालिहाले– नेपाल आऊ, नो टेन्सन ।
के यही घटनाबाट बुझिँदैन, हाम्रो सरकार सर्वसाधारणको स्वास्थ्यप्रति कति लापरवाह छ भन्ने कुरा !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*