बोकेलप्सीका दिलबहादुर बन्दुक पड्किएर मरे

बोकेलप्सीका दिलबहादुर बन्दुक पड्किएर मरे

जंगलमा राखिएको भरुवा बन्दुक पड्किएर सिन्धुलीका एक युवकको ज्यान गएको छ । हिजो बेलुकी तिनपाटन गाउँपालिका–९ बोकेलप्सीका २२ वर्षीय दिलबहादुर क्याप्छाकीको बन्दुक पड्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतकको घर नजिकै जंगलमा भरुवा बन्दुक पड्किएको थियो । सो बन्दुक लाग्दा उनको घटनास्थलमै मृत्यु भएको आशंका गरिएको छ

घटनाको जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी चकमकेबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू