नेपालमा जन्मेका भुटानी राजाको जन्मोत्सवमा एकल गायन

नेपालमा जन्मेका भुटानी राजाको जन्मोत्सवमा एकल गायन

भुटानमा नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुकको आज ४२ औं जन्मदिन मनाईंदैछ । राजाको जन्मोत्सवलाई भव्य रुपमा मनाउन आज त्यहाँ सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । कोरोना महामारीका कारण सांगीतिक कार्यक्रमलाई भर्चुअल माध्यमबाट गर्न लागिएको जनाइएको छ ।

गायिका पेमा जाङमो शेर्पाले एकल सांगीतिक कार्यक्रम गर्न लागेकी हुन् । गीत लेखन,गायन र संगीतकर्मीको रुपमा परिचित पेमाले सन् २०१४ देखि संगीत क्षेत्र अंगालेको बताइन्छ ।

राजा जिग्मे सन् १९८० फेब्रुअरी २१ का दिन काठमाडौंको प्रसुती गृहमा जन्मेका हुन् ।

टिप्पणीहरू