एमसीसीबारे निर्णय गर्न माधव नेपालहरु अर्याल होटलमा

एमसीसीबारे निर्णय गर्न माधव नेपालहरु अर्याल होटलमा

बिबादास्पद एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा बनाउन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । बानेश्वरस्थित अर्याल होटलमा बैठक जारी छ ।

बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल,उपमहासचिव गंगालाल तुलाधर, सचिव जगनाथ खतिवडा, केन्द्रीय सदस्य कल्याणी खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, भौतिक पूर्वाधार मन्त्री रामकुमारी झाँक्री तथा मधेश प्रदेशका वनमन्त्री सत्रुघन महत्तवको उपस्थिती रहेको छ ।

एमसीसीको संसदीय अनुमोदनलाई लिएर सत्ता गठवन्धनमा बिबाद हुँदा अध्यक्ष नेपालले आजको बैठकसम्म कुरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको थियो । एमसीसीकै कारण गठबन्धन टुट्ने अबस्था आएको भनिएका बेला बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ

टिप्पणीहरू