पाँचथरमा कोभिडका कारण स्थगित गतिविधिहरु सुरु

पाँचथरमा कोभिडका कारण स्थगित गतिविधिहरु सुरु

पाँचथर जिल्लामा यस अघि कोभिड १९ का कारण स्थगित भएका गतिविधिहरु सुरु हुने भएका छन् ।

यसअघि स्थगित भएको फिदिम नगरपालिका–६, सिवामा हुने अन्तर पालिका स्तरीय पूरुष भलिवल प्रतियागिता यहिं फागुन २२ गतेदेखि २८ गते सम्म हुने भएको खेल संयोजक कमल तुम्रोकले बताए । अर्थे युवा क्लव फिदिम–६, को आयोजनामा गएको माघ १७ देखि प्रतियोगिता सञ्चालन हुने तय भए पनि तेस्रो लहरको कोरोना–कहरका कारण अन्तिम समयमा मेला तथा प्रतियोगिता स्थगित भएको थियो ।

स्थानीय भगवती माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पाँचथरका ८ पालिका र जिल्ला बाहिरका २ पालिकाको सहभागिता रहने खेल संयोजक तुम्रोकले जानकारी दिए । प्रतियोगिताका बिजेताले नगद ६० हजार रुपैंयाँ र उपबिजेताले नगद ४० हजार रुपैंयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ् दि म्याच र बिधागत तर्फका उत्कृष्ट खेलाडिलाई पनि पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । सो अवशरमा विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष कान्छाराज तुम्रोकले बताए त्यस्तै फिदिम नगरपालिका १० मा स्थगित भएको तेस्रो सँस्करणको मुक्कुसाम्बा गोल्डकप फाल्गुन २४ देखि हुने भएको छ । यसअघि फाल्गुन २ देखि ७ गते सम्मको लागि तय भएको प्रतियोगिता कोभिड–१९ को महामारीका कारण स्थगित भएको थियो । अब उक्त प्रतियो फाल्गुन २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने आयोजक सँस्था थाम्सुहाङ सेवा समाज याङनाम गाउँ इकाइ समितीका अध्यक्ष वुद्ध थाम्सुहाङले जानकारी दिए । प्रतियोगिता फिदिम नगरपालिका–१०, स्थित ऐतीहासिक, रमणिय स्थाल याङनामको खलङगाटारमा रहेको निर्माणाधिन इमानसिं रंगशालामा सञ्चालन हुनेछ ।

५ दिनसम्म सञ्चालन हुने गोल्डकपमा पाँचथर जिल्ला स्थित ए डिभिजन क्लवहरु र आयोजकको २ टिमको सहभागि गराउने तयारी भईरहेको बताईएको छ । गोल्डकपको विजेताले नगद १ लाख ५० हजार रुपैँया र ट्रफि, मेडल र प्रमाण–पत्र प्रा्रप्त गर्दा उपविजेता ह्ुने टिमले नगद ८० हजार रुपैँया र ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित लागत ८ लाख रुपैँया गरिएको छ । थाम्सुहाङ सेवा समाज पाँचथर जिल्ला सल्लाहकार होमराज थाम्सुहाङले वताए ।

टिप्पणीहरू