खुमलटार पुगे कमरेड भेट्न कलाकार

खुमलटार पुगे कमरेड भेट्न कलाकार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज केही कलाकारहरुसंग भेटघाट गर्नुभएको छ ।

आफ्नै निवास खुमलटारमा गायक राजेश पायल राई, कलाकार सन्दीप क्षेत्री, चेतन सापकोटा, रीता सिवाकोटी, करिश्मा ढकाल र गायिका कल्पना दाहालसंग उहाँले भेट गर्नुभएको हो । उनीहरूले अलग–अलग समयमा प्रचण्डलाई भेट गरेको उहाँका स्वकिय सचिव गंगा दाहालले सामाजिक संजाल फेसबूकमार्फत जानकारी दिनुभयो ।

कलाकारहरू कुन सन्दर्भमा प्रचण्डलाई भेट्न गएका हुन् भन्ने खुलाइएको छैन ।

टिप्पणीहरू