नेपालको पर्व,चीनको प्रचार

नेपालको पर्व,चीनको प्रचार

भक्तपुरमा हिन्दु भक्तजनले मनाइरहेको माधवनारायण पर्वबारे चिनियाँ समाचार संस्था सिन्ह्वाले आज फोटोसहित समाचार प्रेषित गरेको छ ।

धार्मिक व्रतलगायत एक महिनासम्म चल्ने पर्वमा भक्तजनले श्रीमानको दीर्घायु र परिवारको समृध्दिको कामना गर्दै स्वस्थानी देवी तथा भगवान माधवनारायणसँग प्रार्थना गर्ने चलन छ ।

सिन्ह्वाले प्रकाशित गरेका फोटोमा भक्तजनहरूले स्नान गरेको देख्न सकिन्छ ।

टिप्पणीहरू