आफनै सन्तानलाई बजेट दिन किन आनाकानी मुख्यमन्त्री ज्यू !

आफनै सन्तानलाई बजेट दिन किन आनाकानी मुख्यमन्त्री ज्यू !

-आशिका लम्साल

दशबर्षमा २८ बिषयमा पढाइ गराउने र दक्षिण एसियामा चिनाउने योजना बनाएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले स्थापनाकाल देखी नै बजेट अभावभोग्नु परेको छ । बजेट अभावले गर्दा पाठयक्रम तयार गरेर पनि लगालगत स्नातकतहका कक्षाहरु सञ्चालन गर्न प्रदेश नं १ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय ( मनमोहन टेक्निकल यूनिभर्सिटी , एमटियू) लाई गाह्रो भैरहेको छ ।

बजेटकै अभावमा चालु बर्ष मेडिसिन एण्ड एलाईड हेल्थ साईन्सेज स्कुलतर्फको पारामेडिकलको स्नातकतहको शैक्षिक सत्र सुरु हुन सकेन । बजेटकै समितताले गर्दा एमटियूले आगामी बैसाखदेखी सुरु हुनेगरि स्कुल अफ ईन्जिनियरिङ तर्फको सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स बिषयको स्नातक कक्षा मात्र सञ्चालन गर्ने भएको छ । त्यो पनि २४। २४ जना बिद्यार्थीमात्र भर्ना लिएर ।

उपकुलपति डा सुभाषश्रीकाअनुसार एमटियूलाई सबै बिषयमा शैक्षिक सत्र सुरु गराउनकालागिकम्तीमा ३५ करोडबार्षिक बजेट चाहिन्छ । तर प्रदेश १ सरकारले चालु बर्ष ४५ करोड माग गरेकोमा ५ करोड बजेट दिएको छ । जसले गर्दा एमटियूलाई भौतिक पुर्वाधार तयार गर्नु त कताहो कता प्रशासनिक खर्च धान्न पनि निक्कै हम्मेहम्म परेको छ ।

उपकुलपति पोखरेलका अनुसार एमटियूलाई प्रदेश सरकारले बर्षैनी कम्तीमा ३५ करोड बजेट बिनियोजन गरिदिन मुख्यमन्त्री राजेन्द्रकुमार राई र समाजिक विकास मन्त्री राजन राईसँग अनुनय विनय गरिरहेका छन ।

एमटियू त्यो विद्यालय हो जसलाई प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन स्मृति प्रतिष्ठानले सञ्चालन गरिरहेको मनमोहन पोलिटेक्निकलाई संसदबाट कानुनबनाएर २०७६ असोजमा प्राबिधिक विश्वबिद्यालयमा रुपान्तरण गराएर सबै प्रतिष्ठानबाट सबै दायित्व हस्तान्तरण गरिदिएको थियो ।

हाल हात्तीमुढामा रहेको २० बिगाहा जमिनमा एमटियूले आफनो केन्द्रिय कार्यालय राखेर सोही ठाउँमा ईन्जिनियरिङ र मेडिकलतर्फको स्कुल सञ्चालनगर्ने तयारी पुरा गरिसकेको छ । आगामी २०७९ देखी ईन्जिनियरतर्फ स्नातकतहको पढाई सुरु हुनेछ । र छात्राबृत्ती सुनिश्चित हुनासाथ मेडिकलतर्फको पनि पढाई सुरु हुनेछ । तर अन्यबिषयमा पढाई गर्न एमटियूलाई अझै थप ३० विगाहा जति जग्गाको आवश्यकता छ । तर बजेट अभावमा उसले जग्गाखरिद गर्न सकेको छैन ।

देशका १३ वटा विश्वविद्यालयमध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक बिषयमा स्नातक तहदेखी पिएचडी सम्म पढाई सञ्चालनगर्ने योजना बनाएको छ । उपकुलपति डा सुभाषश्रीका अनुसार आगामी पाँचबर्ष भित्र एमटीयू दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ ।

उनका अनुसार एमटियूले क्रमश आईटी, पारामेडिकल, पब्लिक हेल्थ, फार्मेसी, ईन्भाइरोमेन्ट हेल्थ, नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड मेनेजमेन्ट लगायतका बिषयमा १५ सय बढी बिद्यार्थीहरुलाई स्नातकदेखी स्नातोकोत्तर तहसम्म पठनपाठन गराउने छ ।

यसैगरि सन २०८३ देखी २०८७ सम्म बायोमेडिकल, अटोमोवाइल, एग्रिकल्चर, फरेष्ट्री, अप्टोमेट्री, होटल मेनेजमेन्ट, ट्रान्सपोटेसन, टनेल लगायतका बिषयमा स्नातोकोत्तर सम्म १५ सय र ५ वटा बिषयमा पिएचडी समेत गरि ३ हजार बढी बिद्यार्थीलाई पठनपाठन गराउने छ । देशमा सञ्चालन भएका उद्योग व्यवसाय सुहाउँदो जनशक्त्ति उत्पादन गरेर बिदेशी जनशक्त्तिको अयात घटाउने लक्ष्य एमटियुको छ ।

यसैले मेडिकल तर्फको शैक्षिक सत्र सुरुभएन

एमटीयुले मेडिकलतर्फ पठनपाठन गराउन स्नातकतहको पाठयक्रम निर्माण गरेर काउसिन्सलबाट स्विकृत पनि गराइसकेको छ । तर स्वास्थ्यशिक्षा ऐन अनुसार स्नातकतहमा ७५ प्रतिशत र स्नातोकोत्तर तहमा सत-प्रतिशत बिद्यार्थीलाई छात्रबृत्तीमा पढाउनु पर्ने कानुनी व्यवस्था भएकोले शैक्षिक सत्र सुरु गर्न कठिनाई भैरहेको छ ।

एमटियुको त्यत्तिधेरै बिद्यार्थीलाई एक्लैले छात्रबृत्ती दिने क्षमता नभएकोले प्रदेश सरकारलाई आग्रह गरेपनि स्विकृत नभएको उपकुलपति डा सुभाषश्री पोखरेले बताए । यता आफुले स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालयलाई छात्राबृत्ती दिन नसकेपछि प्रदेश १ सरकारले छात्रबृत्ती दिनका लागि संघीय सरकारलाई आग्रह गर्दै पत्राचार गरेको छ । यता संघीय सरकारले चाँही प्रदेशको विश्वविद्यालय भएकोले प्रदेशको सरकारले नै छात्रबृत्ती दिनुपर्ने बताइरहेको छ ।

टिप्पणीहरू