भ्यालेन्टैन्सकै मुखमा रितेशबाट अलग भइन् राखी

भ्यालेन्टैन्सकै मुखमा रितेशबाट अलग भइन् राखी

बलिउड अभिनेत्री राखी सावन्त पतिबाट अलग भएकी छन् । उनले इन्स्टाग्राममार्फत भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा पति रितेश राजसँग अलग भएको घोषणा गरेकी हुन् ।

उनले बिग बोस १५ समाप्त भएपछि पतिको बारेमा धेरै कुरा थाहा पाएको बताएकी छन् । रितेश आफ्नो नियन्त्रणभन्दा बाहिर रहेकाले सँगै बस्न नसक्ने उनको दाबी छ । यस्तै उनले आफूहरु बीचको भिन्नताहरु बाहिर निकाल्ने प्रयास गरिरहेको पनि बताएकी छिन् ।

’प्रिय प्रशंसक र शुभचिन्तकहरू, केवल यो भन्न चाहन्छु कि रितेश र मैले अलग हुने निर्णय गरेका छौं । बिग बोस शोपछि धेरै कुरा थाहा भयो,जुन मेरो नियन्त्रण बाहिर थियो । हामीले हाम्रा भिन्नताहरू बाहिर निकाल्ने प्रयास गरेका छौं’, उनले इन्स्टाग्राममा भनेकी छन् ।

सम्बन्धमा दरार आए पनि दुबै जनाले छुट्टै जीवनको आनन्द लिइरहेको उनले बताइन् । सावन्त टिभीको सबैभन्दा विवादित रियालिटी शो ’बिग बोस १५’ मा पति रितेश राजसँग देखिएकी छन् । यस शोमार्फत राखीले आफ्ना पति रितेशलाई चिनाएकी थिइन् ।

टिप्पणीहरू