चितवनका ५६ हजार बढी विद्यार्थीले खोप पाए

चितवनका ५६ हजार बढी विद्यार्थीले खोप पाए

चितवनमा ५६ हजार ७ सय ८१ विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा मोडर्ना खोप अभियानअन्तर्गत १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई खोप लगाइएको हो ।

भरतपुर महानगरपालिकामा ३३ हजार ५ सय ८५, खैरहनीमा ५ सय ३५, माडीमा तीन हजार १ सय १४ , रत्ननगरमा आठ हजार ७ सय १६, राप्तीमा चार हजार ९ सय २७, कालिका नगरपालिकामा तीन हजार ६ सय ५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २ सय ५२ जनाले खोप लगाएका हुन्।

स्वास्थ्य कार्यालय चितवनले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो ।

टिप्पणीहरू