खेलकुद मन्त्रालयको ८० प्रतिशत बजेट खर्च

खेलकुद मन्त्रालयको ८० प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्षको पहलिो सात महिनामा खेलकुद मन्त्रालयको खर्च बढी देखिएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार यो अवधिमा सबैभन्दा बढी खर्च गर्ने मन्त्रालयमा खेलकुद मन्त्रालय अघि देखिएको छ । केही मन्त्रालयले यो अवधिमा १० प्रतिशतसम्म खर्च गर्न नसकेको अवस्थामा खेलकुद मन्त्रालयको बजेट खर्च ८० प्रतिशत हाराहारी रहेको छ ।

अर्थको प्रतिवेदन अनुसार,यो अवधिमा केन्द्र सरकारले कूल २७ दशमलव ६ प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको छ । मन्त्रालयगत रुपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेटको १० प्रतिशतसम्म खर्च गर्न सकेका छैनन् ।

श्रम मन्त्रालयले विनियोजन गरेको कुल बजेटको ४ दशमलव १ प्रतिशत खर्च गरेको छ भने सामान्य प्रशासन मन्त्रालयले ८ दशमलव १ प्रतिशत खर्च गरेको छ । हालै सम्पन्न साफ गेमका कारण सबैभन्दा बढी खर्चे गर्नेमा खेलकुद मन्त्रालय रहेको अर्थ मन्त्रालयले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू