शेर्पाको अर्काे सान

शेर्पाको अर्काे सान

एनआरटीलाई पराजीत गर्दै हिमालयन शेर्पा क्लबले अर्काे सान कायम गरेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले एनआरटीलाई पराजित गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी शेर्पासँग पराजित भएसँगै नबौं स्थानमा लिग समाप्त गरेको हो । लिगको अन्तिम खेलमा न्युरोड टिम एनआरटीलाई २ १ ले हराउँदै सुखद अन्त्य गर्न सफल भएको हो ।

सुरुवाती अग्रता लिएर पनि एनआरटीले हार खेपेको छ । खेलको ३० औं मिनेटमा राजेश परियारले गोलगर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । यस्तै शेर्पाले ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । स्टेफन समिरले गोलगर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

शुरुवाती चरणमा प्रतिस्पर्धात्मक बनेको खेलमा न्यूरोड टिमले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई अग्रता दिलाए । त्रिदेवको सोही गोल शेर्पाको जितमा प्रयाप्त बन्यो । त्रिदेव म्यान अफ दी म्याच भए ।

टिप्पणीहरू