माधव नेपालद्वारा खादा लगाएर पार्टीमा स्वागत

माधव नेपालद्वारा खादा लगाएर पार्टीमा स्वागत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपाली राजनीतिमा एकीकृत समाजवादी पार्टीको विशिष्ट भूमिका रहेको बताउनु भएको छ । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै
पूर्व प्रधानमन्त्री नेपालले जनताको हित र कल्याणको निम्ति समाजवादको यात्रामा निरन्तर र प्रतिवध्दताका साथ लागि परेको बताउनु भयो ।

आफूहरुले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादी भासमा जकडिएपछि सुध्रने लक्षण नदेखेर कम्युनिष्ट आन्दोलनको निरन्तरतास्वरुप विद्रोह गर्नुपरेको भन्दै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरंग पैदा गरेको बताउनुभयो । उहाँले एमसीसीसंग विभिन्न आशंका कायमै भएको भन्दै अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नसकिने बताउनु भयो । नेपाललाई कुनै पनि नाममा रणभूमि बनाउन नचाहने भन्दै अध्यक्ष नेपालले आफूहरुले असंलग्न परराष्ट्र नीति अवलम्वन गर्ने बताउनु भयो ।

बर्तमान गठवन्धन आगामी ३ वटै निर्वाचनमा मिलेर जाने भन्नेवारेमा पटक पटक कुराकानी भएको भन्दै नेता नेपालले प्रतिगामीहरुको विरुध्दमा मोर्चावन्दी हुने र त्यस्तो मोर्चावन्दी केहि दिनअगाडि भएको राष्ट्रिय सभा निर्वाचनले लक्षित गरिसकेको भन्दै त्यसकोलागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई उत्साहका साथ आ-आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिनुभयो ।

पार्टीको केन्द्रीय कार्यालयमा एक छिनअघि नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य नरबहादुर स्याङतान,नेकपा एमाले नेता तेजप्रसाद अधिकारी,सुवर्णप्रसाद पौडेल र जसपाका नेता जयकुमार झालाई टीका र खादा लगाई स्वागत गरिएको थियो ।

टिप्पणीहरू