“बेकार बदनाम गर्न खोजियो”-प्रचण्ड

“बेकार बदनाम गर्न खोजियो”-प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई बदनाम गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । २७ औं ‘जनयुध्द दिवश’को अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनयुध्द शुरु गरेयता नै नेतृत्वलाई बदनाम गर्ने गरिएको बताउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गरेको भएपनि आरोप भने आफूमाथि लगाइएको प्रचण्डको गुनासो छ । संसद बैठक आफ्नो आदेश र निर्देशनमा नभई प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

“हिजो प्रधानमन्त्रीले भन्नुभयो, प्रचण्डजी,जनतालाई भनिदिनुहोस्– बैठक मेरो आग्रहमा स्थगित भएको हो । ’

‘कतिसम्म दुष्प्रचार गरियो भने सदनको बैठक प्रचण्डको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो’, प्रचण्डले भन्नुभयो, ‘प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्, हिजो प्रधानमन्त्रीले भन्नुभयो, प्रचण्डजी,जनतालाई भनिदिनुहोस्– बैठक मेरो आग्रहमा स्थगित भएको हो । ’

टिप्पणीहरू