‘समलिंगी सैनिक’ माथि बन्देज

‘समलिंगी सैनिक’ माथि बन्देज

भारतमा निर्मित एक जना समलिंगी सैनिकमा आधारित चलचित्र प्रदर्शनमा रोक लगाइएको छ । ओनिर पोट्र्रेजको उक्त चलचित्रलाई सरकारले प्रदर्शन अनुमति नदिएको हो ।

रक्षा राज्यमन्त्री अजय भट्टका अनुसार त्यस्तो चलचित्र प्रदर्शनले फौजको प्रतिष्ठामा आघात पुग्नेछ । साथै मुलुकको सुरक्षामा नै त्यसले आँच पुर्याउने भएकाले प्रदर्शन गर्न नहुने उनको दाबी छ ।

चलचित्रमा एक जना भारतीय सैनिक काश्मिरी स्थानीय किशोरसँग समलिंगी सम्बन्धमा हाँसिखुशीका साथ लिप्त भएको दृश्य र कथा समेटिएको छ ।

टिप्पणीहरू