तीन विद्यार्थी संगठनले बुझाए संयुक्त विज्ञप्ति

तीन विद्यार्थी संगठनले बुझाए संयुक्त विज्ञप्ति

बढाइएको शुल्क फिर्ताको माग गर्दै रुपन्देहीको सैनामैनामा रहेको शहीद नारायण पोख्रेल रामापुर क्याम्पसका विद्यार्थीहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । आज नेविसंघ, अखिल क्रान्तिकारी र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

उनीहरुले कोरोना महामारीको समयमा विद्यार्थीको ढाड सेक्ने गरि क्याम्पसले बढाएको शुल्क फिर्ता गर्नुपर्ने माग गरेका छन् । संयुक्तरुपमा जारी भएको विज्ञप्तिमा विषम परिस्थितिमा विद्यार्थीको शुल्कमा राहत र छुट गर्नुपर्ने उल्लेख छ ।उनीहरुले बढाइएको शुल्क फिर्ताको माग गर्दै क्याम्पस प्रशासनलाई दुई दिने अल्टिमेटम दिएका छन् । सो अवधिमा शुल्क फिर्ता नभए विद्यार्थीले चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

टिप्पणीहरू