पाँडेलाई मातृशोक

पाँडेलाई मातृशोक

हाँस्य टेलिशृंखला सक्किगोनीका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ मातृशोकमा परेका छन् । केही महिनाअघि भएको मस्तिष्कघातका कारण काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार गराइरहेकी उनकी आमाको आज मृत्यु भएको हो ।

कलाकार घिमिरेकी आमाको आज दिउँसो १ बजे मृत्यु भएको हो । आमा बिरामी भएपछि केही समय सक्किगोनीमा समेत काम नगरेका उनले आठ महिनाअघि एक स्ट्याटस लेख्दै ‘आमाको स्वास्थ्य अवस्था ठीक ठाउँमा आइदिए चित्त बुझाउने बाटोसम्म हुने थियो’ भनेका थिए ।

कलाकार घिमिरेकी आमाको मस्तिष्कघात भएको १० महिनापछि मृत्यु भएको हो ।

टिप्पणीहरू