अमेरिकामा रहेका नेपालीले गरे विद्यार्थीलाई सहयोग

अमेरिकामा रहेका नेपालीले गरे विद्यार्थीलाई सहयोग

अमेरिकामा रहेका याक्थुङ युवाहरुले ताप्लेजुङको फालेलुङ गाउँपालिकाका दुई जना विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयमा कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङलाई जनही ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको हो ।

छोरीहरुको शैक्षिक उन्नतिमा सहयोग तथा हौसला प्रदान गर्ने उद्देश्यले अमेरिका बस्दै आएका याक्थुङ युवाहरूको पहमा उक्त रकम संकलन गरि सहयोग गरिएको जनाइएको छ । सामाजिक अभियन्ता तथा अमेरिकमा बस्दै आएका याक्थुङ युवा कवि बिबश बेनामको प्रमुख आतिथ्यतामा दुई छात्रालाई नगदसहित अन्य एक सय १६ जना विद्यार्थीहरुलाई करीब ६० हजार बराबरको न्यानो कपडा (स्वेटर) पनि वितरण गरिएको हो ।

हाल अमेरिकमा रहेका बुद्ध चेम्जोङ, ललित सम्वाहाम्फे, अग्नि योङ्या, राकेश आङदेम्बे, मेन्याङ्बो प्रेम, टंक शेलिङ, सुमन थाम्सुहाङ लिम्बू मिराक, पिके लिम्बुले सहयोग अभियानमा साथ दिएको बेनामले बताए । बिबस माङ्मु, बिरेन्द्र लाबुङ लिम्बु भुमी, हिक्मत आङ्बुहाङ्, बिष्णु चोङ्बाङ, बिमल चेम्जोङ्, हरि जबेगु, मनि लिबाङ्, गजेन् चेम्जोङ्, दिपक थेवे, आनन्द मादेन, निरु थेवे, पूर्ण थेवे, जीवन खजुम, राज लिम्बु, कभिन थेवे, बन्दना तुम्बाहाम्फेलगायतका युवाहरुले पनि सहयोग गरेको उनले जानकारी दिए ।

सहयोग हस्तान्तरण तथा न्यानो कपडा वितरण कार्यक्रममा भृकुटी र सिदेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापकद्वय शर्णकुमार केरूङ र नरेन्द्र केरुङ, स्थानीय शिक्षक राजेन्द्र केरुङलगायतले नेपाल बाहिर बसेर पनि दुर्गम क्षेत्रका विद्यार्थीलाई साथ सहयोग गरेकोमा याक्थुङ युवाहरुको उदाहरणीय कार्यको प्रशंसासहित धन्यवाद दिएका थिए ।

टिप्पणीहरू