भ्यालेन्टाइन्समा स्मार्टडोकोको ‘डोकोभरि माया’

भ्यालेन्टाइन्समा स्मार्टडोकोको ‘डोकोभरि माया’

आगामी फागुन २ गते परेको भ्यालेन्टाइन डेको अवसरमा स्मार्टडोकोले ‘डोकोभरि माया’ अफर ल्याएको छ । विशेषतः जोडीहरुका लागि भनेर स्मार्टडोकोले उक्त अफर सार्वजनिक गरेको हो ।

सो अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनका लागि प्रेमपूर्वक दिइने उपहारमा पर्याप्त छुट दिइने बताइएको छ । परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानमा ७२ प्रतिशतसम्मको छुट दिइएको हो ।

आजदेखि फागुन १ गतेसम्म मान्य हुने यो अफरमा स्मार्टडोकोमा किनमेल गर्ने तीन भाग्यशाली ग्राहकले २ हजार ५ सय रुपैयाँसम्मको स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसरसमेत पाउने छन् ।

साथै ‘डोकोभरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको स्मार्टडोकोले जनाएको छ । जहाँ चार भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउने छन् ।
उपहारमा स्मार्ट रिस्ट ब्याण्ड, टोबलेरोन डार्क चकलेट तथा गुलाबको फूल, डट एण्ड की कस्मेटिक्स, हर्नबुल वालेट र बेल्ट उपहार सेट, कर्भ डिजाइन स्मार्टवाचलगायत छन् । स्मार्टडोकोका अनुसार हाल कम्पनीसँग १० हजारभन्दा बढी प्रडक्ट सूचीमा छन् ।

ग्राहकले १० फरक वर्गका सामान जस्तैः कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । बिहान ९ बजेभन्दा अघि अर्डर गरेमा सोही दिन सामान डेलिभरी गर्न सकिने जनाइएको छ ।

स्मार्टडोकोका ग्राहकलाई काठमाडौं उपत्यकाको चक्रपथभित्र निःशुल्क डेलिभरी र चक्रपथभन्दा बाहिर र नेपालका सबै ७७ वटै जिल्लामा समेत निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा दिइएको उल्लेख छ ।

टिप्पणीहरू