मध्यरातमा भारतीय सीमानामा ५ टन केराउ

मध्यरातमा भारतीय सीमानामा ५ टन केराउ

पाँच हजार किलो अवैध केराउसहित एक भारतीय नागरिक समातिएका छन् । भारतको सिद्धार्थनगर ग्राम इटवाका २७ वर्षीय धन प्रकाश अग्रहरीलाई हिजो राति प्रहरीले समातेको हो ।

यशोधरा गाउँपालिका–७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरिएको करिब पाँच लाख मूल्य बराबरको केराउसहित ट्रक चालकसमेत रहेका अग्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा केराउ फेला पारेको थियो । बरामद केराउसहित समातिएका अग्रहरीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

टिप्पणीहरू