चिनियाँहरुको अझै सकिएन नयाँ वर्षको चाड

चिनियाँहरुको अझै सकिएन नयाँ वर्षको चाड

चीनमा परम्परागत भाग्यशाली रातो धागोबाट बनाइएका कलात्मक गाँठो आकारका ठूला सजावटले सडकहरू झिलिमिली छ । गत मंगलबारदेखि शुरु भएको चीनको नयाँ वर्ष यसपटक बाघ वर्ष हो ।

घरका ढोकालाई समेत विशेष तवरले सजाइएको छ । यो कार्य चिनियाँहरुले बेइजिङदेखि न्यूयोर्कसम्म र मस्कोदेखि सिड्नीसम्म गरेका छन् ।

सामान्यतयाः ११ दिनसम्म मनाइने चिनियाँ परम्परागत नयाँ वर्षको सात दिन बितिसक्दा पनि रौनक उस्तै छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार यो अवसरमा चिनियाँहरु आफन्तसँग भोज र विभिन्न कन्सर्टमा सहभागी भइरहेका छन् । यो वर्ष आफ्नो परिवारको थप उन्नति र प्रगति होओस् भन्ने प्रार्थनाकासाथ उनीहरु अन्य कार्यक्रममा पनि सक्रिय देखिन्छन् ।

टिप्पणीहरू