नेपाली अभिनेत्रीको पहिरन भारतमा चर्चा

नेपाली अभिनेत्रीको पहिरन भारतमा चर्चा

अभिनेत्री सुषमा अधिकारीले कालो पहिरनमा निकै बोल्ड तस्बिर इन्स्टाग्राममा शेयर गरेसँगै भारतीय मिडियामा स्थान पाएकी छन् । उनको त्यो पहिरनले भारतीय मिडियामा खुबै चर्चा पाएको हो । सामाजिक सञ्जालमा सक्रिय सुषमाले आफ्ना त्यस्तै ग्ल्यामर तस्बिरहरु पोष्ट गरिरहन्छिन् ।

अहिले उनको उक्त बोल्ड तस्बिर सोसल मिडियामा पनि भाइरल बनेको छ । सुषमा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहने कलाकार हुन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा उनले आफ्नो हट अवतार देखाउने गर्छिन् ।

सुषमाले इन्स्टाग्राममा राखेको पछिल्लो तस्बिरमा एक प्रयोगकर्ताले ‘तपाईं एकदम बेबी डल जस्तै देखिनुभएको छ,’ भन्दै कमेन्ट गरेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले सुन्दरता र फिटनेसको रहस्य थाहा पाउन खोजेका छन् ।

सुषमाले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन् । उनले ‘दिवाना–२’ र ‘जय मधेस’ लगायत हिट फिल्ममा अभिनय गरेकी छन् ।

टिप्पणीहरू