स्वतन्त्रबाट जितेका मेयर काँग्रेसमा लपक्कै

स्वतन्त्रबाट जितेका मेयर काँग्रेसमा लपक्कै

कपिलवस्तुको कृष्णनगर नगरपालिका मेयर नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र उमेद्वारका रुपमा मेयर बनेका उनले नेपाली काँग्रेस पार्टी चुनेका हुन् ।

नगर प्रमुख रजतप्रताप साहलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि अमर सिंह पुन मगरले टीका तथा माला लगाएर पार्टी प्रवेश गराएका हुन् । साहसहित वडाध्यक्ष राममिलन चौधरी, वडा सदस्य गिरीराज मिश्रा, निरभय सिंह, वरुणकुमार सिंहलगायत ५० भन्दाबढी काँग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि अमर सिंहले आपूmले काँग्रेस रोजे पनि नगरको विकासमा सदैव लागिरहने बताए । आउँदो स्थानीय निर्वाचमा आपूmले गरेको कामको जनताले मूल्याङ्कन गर्नेमा आफू विश्वस्त रहेको काँग्रेस प्रवेश गरेका मेयरको धारणा छ ।

टिप्पणीहरू