३० हजारबढी गीतको सुमधुर आवाज अस्तायो

३० हजारबढी गीतको सुमधुर आवाज अस्तायो

भारतकी वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान निधन भएको हो ।

कोभिडबाट संक्रमित भएपछि उनलाई केही समयदेखि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि पछिल्लो एक हप्तादेखि आईसीयुमा थिइन् । हिजोबाट उनको स्वास्थ्यमा थप समस्या आएको थियो ।

लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उनले करियरको सुरुवात सन् १९४२ बाट गरेकी हुन् । तर, उनले पहिचान भने फिल्म ‘महल’ को गीत ‘आएगा आने वाला’ बाट पाएकी थिइन् ।

उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाएकी छन् । लता भारतको मात्रै होइन दक्षिण एसियाकै मुर्धन्य गायिका हुन् ।

टिप्पणीहरू