सुकीदहमा हिउँ पर्यो फुरुरु
मुलुकभर परेको हिउँदे वर्षाले हिमाली र पहाडी जिल्लामा बाक्लो हिउँ झरेको छ भने तराईमा मुसलधारे वर्षा । सोही क्रममा रोल्पामा पनि बाक्लो हिमपात भएको छ ।
बिहीबार रातिदेखिको हिमपातका कारण उच्च हिमालीसँगै पहाडी क्षेत्रको जनजीवन निकै कष्टकर भएको हो । रोल्पा, रुकुमपूर्व, सल्यानलगायत सुकीदह क्षेत्रमा परेको बाक्लो हिउँले पूरै हिउँ ढाकेको हो ।
हिमपातसँगै बढेको चिसोले सो क्षेत्रको जनजीवन पनि कष्टकर भएको छ ।
टिप्पणीहरू