सेनाको वर्दी नलाउन भारतीय प्रधानमन्त्रीलाई अदालतको आदेश

सेनाको वर्दी नलाउन भारतीय प्रधानमन्त्रीलाई अदालतको आदेश

भारतीय सेनाको पोशाक लगाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको जिल्ला अदालतले निषेधात्मक आदेश जारी गरेको छ । भारतीय सेनाको पोशाक लगाएर गत वर्ष काश्मिर भ्रमण गरेको सन्दर्भ उल्लेख गर्दै दिइएको चेतावनीमा भनिएको छ, ‘अनाधिकृत व्यक्तिले त्यस्तो पोशाक लगाउनु दण्डनीय हुन्छ ।’

तोकिएको पेशा वा सेवाका पोशाक र परिचयपत्र भिर्नु जुनसुकै मुलुकमा दण्डनीय कार्य हो । अघिल्लो वर्ष प्रधानमन्त्री मोदीले काश्मिर भ्रमण गर्दा सेनाको पोशाक लगाएका थिए ।

राज्यको प्रयागराज जिल्ला अदालतमा प्रधानमन्त्रीले लगाएको गैरकानुनी सैन्य पोशाकबारे मुद्दा उपर अदालतले उक्त सूचना जारी गरेको हो । सूचनामा, ‘सिपाही, जलसेना वा वायुसेनाले प्रयोग गर्ने पोशाक लगाउनु वा बोक्नु भारतीय दण्डसंहिताको धारा १४० अन्तर्गत दण्डनीय अपराध हो,’ भनिएको छ ।

प्रधानमन्त्रीविरुद्धको उजुरी राकेशनाथ पाण्डेले दायर गरेका हुन् । उनले मुद्दामा प्रधानमन्त्रीविरुद्ध कारवाहीको आदेशसमेत माग गरेका छन् ।

टिप्पणीहरू