कर्णालीका अधिकांश भूभाग सेताम्मे

कर्णालीका अधिकांश भूभाग सेताम्मे

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ ।

मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । कर्णाली राजमार्गका विभिन्न खण्ड पनि अवरुद्ध भएका छन् । हिजोबाट बाक्लो हिमपात हुँदा सम्पूर्ण यातायातका साधन ठप्प भएका हुन् ।

कर्णालीमा यस पटकको हिउँदमा यो तेस्रो पटकको हिमपात हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो । आज पनि अधिकांश भेगमा हिमपात भइरहेको छ ।

मुगुका प्रायः सबै स्थानीय तहलगायत सदरमुकाम गमगढी बजारमा बाक्लो हिमपात भएको छ ।

             

टिप्पणीहरू