सुकुम्बासीको जग्गा नाप्न थालियो

सुकुम्बासीको जग्गा नाप्न थालियो

चितवनमा सुकुम्बासीको जग्गा नाप्न थालिएको छ । जिल्लाका तीन पालिकामा राष्ट्रिय भूमि आयोगले जग्गा नाप्ने काम सुरु गरेको हो ।

भरतपुरका छ वडा, कालिका र माडीका ३/३ वडाबाट काम सुरु गर्न लागिएको हो । अहिले नाप्न थालिएका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा लगत पठाउने भएको छ ।

यस्तै आयोगले जग्गा नाप्नुअघि तीन वटा पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका २७ जना अमिन तथा नौ जना सर्वेक्षकलाई हिजो प्रशिक्षण दिएको थियो ।

टिप्पणीहरू