हिन्दी सिनेमा धमाधम रिलिज

हिन्दी सिनेमा धमाधम रिलिज

कोरोनाका कारण बन्द रहेका फिल्म हलहरु पुनः सञ्चालनमा आउने भएका छन् । संक्रमण बढ्न थालेपछि भारतका चलचित्र हलहरु केहि महिना यता बन्द थिए ।

तर अहिले अवस्था तुलनात्मक रुपमा राम्रो बन्दै गएपछि लुप लपेटा, गेहेराइयाँ, बधाई दो, गंगुबाई काठियावाडी जस्ता बहुप्रतिक्षित चलचित्र यो महिना भारतीय शहरका ठूला पर्दामा रिलिज हुँदैछन् ।

तापसी पन्नुको मुख्य भूमिका रहेको लुप लपेटा भोलि प्रदर्शन हुँदैछ । दीपिका पादुकोण अभिनित गेहेराइयाँ र राजकुमार राव र भूमि पेडनेकर अभिनित बधाई दो आगामी साताको शुक्रबार प्रदर्शनमा आउँदै छन् ।

यस्तै सञ्जय लीला भन्सालीद्वारा निर्देशित गंगुबाई काठियावाडी भने २५ फेब्रुअरीमा प्रदर्शनमा आउन लागेको बताइएको छ ।

टिप्पणीहरू