सिडिओलाई गृहमन्त्रीको फोन, भए यस्ता कुरा

सिडिओलाई गृहमन्त्रीको फोन, भए यस्ता कुरा

गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)हरुसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । आज बिहान गृहमन्त्री खाँणले १३ सिडिओ र एक सहायक सिडिओसँग टेलिफोन संवाद गरी जिल्लाको शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा जानकारी लिनुभएको हो ।

टेलिफोन कुराकानीका क्रममा गृहमन्त्रीले जिल्लामा कोभिड-१९ सङ्क्रमणको स्थिति, शान्ति सुरक्षा, जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोध्नुभएको थियो ।

गृहमन्त्री खाँणको सचिवालयका अनुसार सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा, कञ्चनपुर र नवलपरासी पूर्वका सिडिओसँग उहाँले कुराकानी गर्नुभएको हो ।

टिप्पणीहरू