मुख्यमन्त्री कार्यालयको गेटमा विद्यार्थी र प्रहरीको हानाहान

मुख्यमन्त्री कार्यालयको गेटमा विद्यार्थी र प्रहरीको हानाहान

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ । मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीले राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो ।

एमालेको भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले संयुक्त रुपमा विरोध प्रदर्शन आयोजना गरेका थिए । प्रदर्शनकारी उग्र हुन् थालेपछि झडप भएको बताइएको छ । प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए ।

आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक जना प्रहरी जवान सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टिप्पणीहरू