चुनावी सुरक्षा योजना पेश गर्न गृहमन्त्रीको निर्देशन

चुनावी सुरक्षा योजना पेश गर्न गृहमन्त्रीको निर्देशन

स्थानीय तहको निर्वाचनको सुरक्षा तयारीबारे आज गृहमन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बोलाएको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा प्रवन्ध मिलाउने सम्बन्धमा चारवटै सुरक्षा अंगका प्रमुखसहितको छलफल भएको हो ।

बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाका साथै एमसीसीको विषयलाई लिएर हुन सक्ने सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

गृहसचिव टेकनारायण पाण्डे, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुखलाई गृहमन्त्रीले निर्वाचनलाई लिएर सुरक्षा योजना पेश गर्न निर्देशन दिनुभएको बुझिएको छ ।

टिप्पणीहरू