नेपाली विद्यार्थी धमाधम बेलायतबाट निकालिँदै

नेपाली विद्यार्थी धमाधम बेलायतबाट निकालिँदै

नेपाल र बेलायतका शैक्षिक कन्सल्टेन्सीले बेलायत पढ्न जाने विद्यार्थीको फेरि बिचल्ली पारेका छन् । कमिसनको प्रलोभनमा नेपालबाट जस्ता विद्यार्थी पनि बेलायत पु¥याउन तल्लीन त्यस्ता एजेण्टहरूकै भर पर्दा अहिले कैयौं विद्यार्थी हिथ्रो एयरपोर्टबाटै डिपोर्ट हुन थालेको बताइएको छ ।

एक दशक अघितिर निजी कलेज पढ्न बेलायत गएका विद्यार्थी कलेज बन्द भएर बिजोग भएजस्तै अहिले विश्वविद्यालय पढ्न बीसौं लाख तिरेर पुगेका विद्यार्थी बिचल्लीमा परेका हुन् ।

लण्डनबाट एक विद्यार्थीले जनआस्थालाई बताएअनुसार जनवरीमा मात्र म्यानचेस्टर एयरपोर्टबाट दर्जनौं विद्यार्थीलाई समातेर फिर्ता पठाइएको छ ।

इमिग्रेसन अफिसरले अन्तर्वार्ता लिँदा अंग्रेजी नै नबुझ्ने, बैंक खातामा पैसा पनि नभएको, पाठ्यक्रमबारे बेखवर, कागजात पनि नक्कली पेशजस्ता कैयौं कारण विद्यार्थी बेलायत नटेक्दै लाखौं डुबाएर फर्कन बाध्य भएका छन् ।

युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायर (युक्लान) मा पढ्न गएका धेरै विद्यार्थी म्यानचेस्टर एयरपोर्टबाट फिर्ता भएको बताइएको छ । युक्लान पठाउने नेपालको एजेण्ट को हो त्यसको समेत खोजी शुरु भएको छ ।

ब्रेक्जिटपछि बेलायतले विद्यार्थी भिसा निकै खुकुलो गरिदिएको छ । गत जुलाई १ देखि कुनै पनि विश्वविद्यालयबाट ग्रयाजुएसन पुरा गरेका विदेशी विद्यार्थीले थप २ वर्ष वर्क परमिट (पिएसडब्लु) गर्न पाउने नियम लागू गरेपछि नेपालसहित अरु देशका हजारौं विद्यार्थी बेलायत पुगेका छन् ।

तर, ‘कालो अक्षर भैंसी बराबर’ भनेजस्तो अंग्रेजी बोल्न परे रातोपिरो भएर ‘एस एस, नो नो’ मात्र भन्ने टाइपका विद्यार्थी बढी मारमा परेको बताइएको छ ।

सरकारले नियम खुकुलो बनाइदिँदा त्यसको फाइदा एजेण्टहरूले लिएका छन् । बेलायत र नेपालमा कार्यालय राखेर विद्यार्थीलाई प्रलोभन देखाउने प्रमुख एजेण्टहरूमा वसन्त नेपाल, गणेश खड्का, विनय अधिकारी, प्रमोद अधिकारी लगायत रहेको एक पीडित विद्यार्थीले जनआस्थालाई टेलिफोनमा बताए ।

उनीहरूले बेलायतमा पाउण्ड फल्छ, पढाइपछि वर्क परमिट पाइनेर यतै सेटल्ड होइन्छ अनेक उपाय छन् भन्दै विद्यार्थीलाई ऋण लिन लगाएरै भए पनि बेलायत जान उक्साउने गरेका छन् । ती एजेण्टले पैसा लिएर नक्कली बिहेसमेत गरिदिएका छन् ।

बेलायती अध्यागमन अधिकृतले धमाधम विद्यार्थी डिपोर्ट गर्न थालेपछि उल्लिखित एजेण्टहरू ‘चोरको खुट्टा तान’ भन्दा हत्तपत्त खुट्टा तानेजसरी युट्युबमा अन्तर्वार्ता दिएर आफैं मैले होइन भन्न थालेका छन् ।

‘विद्यार्थी सजिलोसँग पुगुन्जेल मैले यति विद्यार्थी बेलायत लगें भन्ने तर अप्ठेरो परेपछि मेरो त सबै ठीक थियो, फलानोले बिगा¥यो भन्ने चलाखी शैक्षिक दलालहरूको छ’, एक अभियन्ताले सुनाए ।

-सुधा अत्री, म्यान्मार

टिप्पणीहरू