विप्लवका विद्यार्थीहरु टायर बाल्दै सडकमा

विप्लवका विद्यार्थीहरु टायर बाल्दै सडकमा

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ का विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै उनीहरुले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य १ सय १६ रुपैयाँ तोकिएको छ । यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनमा अमेरिकी डलर १ सयले वृद्धि गरिएको छ ।

टिप्पणीहरू