उदयपुरका किसानले पाए आधुनिक कृषि उपकरण

उदयपुरका किसानले पाए आधुनिक कृषि उपकरण

उदयपुरका किसानलाई ६० लाख बराबरको विभिन्न आधुनिक कृषि उपकरण तथा सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोेजनाअन्तर्गत सदरमुकाम गाईघाट बोक्सेमा ती सामाग्री वितरण गरिएको हो ।

जिल्लाका ५५ समूहका किसानलाई कृषिको नयाँ प्रविधि र उपकरण तथा सामग्री वितरण गरिएको हो । वितरण गरिएका उपरकण तथा कृषि सामग्रीमा एक ट्र्याक्टर , एक पावर ट्रिलर , मिनी २५ ट्रिलर, २९ कम्बाइमिल, एक बीडर , भर्याङ, ६ फुटस्प्रेट, २६ तौल मेसिन, दुई थान थ्रेसर लगायतका उपकरण तथा सामग्री छन् ।

यस्तै चौदण्डीगढी नगरपालिकाको विभिन्न सहकारीलाई पनि आर्थिक सहयोग उपलब्ध गराइएको बताइएको छ । चौदण्डीगढी नगरपालिकाको जीवन बहुउद्देश्य कृिष फार्म र दूधकोशी बहुउद्देश्य कृषि फार्मलाई २२ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराइए को हो ।

टिप्पणीहरू