दुधको भाउ : किसानको बढ्यो, उपभोक्ताको अनिर्णित

दुधको भाउ : किसानको बढ्यो, उपभोक्ताको अनिर्णित

सरकारले दुधको भाउ बढाउने निर्णय गरेको छ । आज सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले क्याबिनेट निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।

१३ बुँदे निर्णय सार्वजनिक गर्दै मन्त्रीले दुधको मूल्य बढाउन अनुमति दिइएको बताउनुभएको हो । अब दुग्ध किसानहरुले प्रतिलिटर न्यूनतम ५६ रुपैयाँ ४ पैसा पाउने भएका छन् । यसअघि उक्त भाउ प्रतिलिटिर ४९ रुपैयाँ ५२ पैसा थियो ।

किसानले बेच्ने दुधको भाउ बढाइए पनि उपभोक्ताले खरिद गर्ने दुधको भाउबारे सरकारले केही पनि बताएको छैन ।

टिप्पणीहरू