कविता यसरी फुर्छ

कविता यसरी फुर्छ

-कृष्णप्रसाद रिजाल

सँगै सुतेको साथी
मस्त निदाएर घुर्छ
रातको १२ बजेको हुँदो हो
आफूलाई भने कविता फुर्छ ।

बोल्न खोज्यो खुबै झर्कन्छ
यता फर्क भन्यो उता फर्कन्छ
सँगै सुतेको साथी मस्त निदाएर घुर्छ
रातको १ बजेको हुँदो हो
आफूलाई भने कविता फुर्छ ।

अहिले रातको २ बजेको हुनुपर्छ
बल्लतल्ल साथी यता सर्छ
भारतले देशको सीमाना मिचेझैं गर्छ
उ नियमित यसरी नै सर्छ
आफूलाई भने बिहान उठ्दा
अनागरिक भइन्छकी भन्ने डर छ ।

सँगैको साथी मस्तले घुर्छ
आफूलाई भने मज्जाले कविता फुर्छ ।

टिप्पणीहरू